Logo

एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा



काठमाडौं । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन् ।

जिल्ला कमिटीका नवौं अधिवेशन अन्तर्गत गएराती सम्पन्न निर्वाचनबाट देउजा अध्यक्षमा निर्वाचित भएका हुन् । यो उनको दोस्रो कार्यकाल हो ।

अध्यक्ष लगायत सबै पदाधिकारी र केही सदस्यमा एकभन्दा बढी आकाङ्क्षा भएपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हो । अध्यक्षमा अर्का उम्मेदवार मोहनवीर श्रेष्ठ उम्मेदवरा थिए । तर, उनी पराजित भए ।

यसैगरी उपाध्यक्षमा किरण थापा निर्वाचित भएका छ्न । थापा बागमती प्रदेश सभा सदस्यसमेत हुन् त्यस्तै सचिवमा विष्णु तामाङ, उपसचिवमा उत्तरा नेपाल र सानुकाजी कायस्थ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्