Logo

विपक्षी गठबन्धन बालियो बन्दै, चित्रबहादुर केसी पनि मिसिए



काठमाडौं, ६ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विपक्षी दलको बैठकमा सहभागी भएका छन् । आज (आइतबार) बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलको बैठकमा केसी मिसिएका हुन् । यसअघि विपक्षी दलको गठबन्धनले बोलाएको बैठकमा सहभागी नभएको नेता केसी आज भने पुगेका थिए ।

सो बैठकमा नेता केसीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायत सहभागी थिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्