Logo

प्रतिनिधि सभाको लय पछ्याउँदै राष्ट्रिय सभाको बैठक ३ बजेसम्म स्थगित



काठमाडौं । बिहा ११ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्म स्थगित भयो । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले रागिट्रय सभाको बैठक पनि स्थगित गर्ने सहमति गर्यो ।

राष्ट्रिय सभाको बैठक यसअघि दिउँसो १ बजेर १५ मिनेटका लागि डाकिएको थियो । अब सो बैठक ३ बजेर १५ मिनेटमा बस्नेछ ।

राष्ट्रिय सभा र प्रतिनिधि सभा आ-आफ्नै महत्व र क्षेत्राधिकार भएका स्वायत्त सभा हुन् । तर, पछिल्ला दिनहरुमा प्रतिनिधि सभा जसोजसो जान्छ राष्ट्रिय सभा पनि उसैउसै जाने गरेको छ । अर्थात जसो जसो प्रतिनिधि सभा उसैउसै राष्टिय सभा ।

सहकारी प्रकरणको छानबिन समिति बनाउन माग गर्दै नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । कांग्रेसको माग अनुसार संसदीय समिति बनाउन सत्तापक्ष तयार छ । अहिले सिंहदरबारमा संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक चलिरहेको छ ।

टीओआरमा सहमति जुटाउनेगरी अहिले पनि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा छन्। कार्यदलको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि पुगेका छन्।



प्रतिक्रिया दिनुहोस्