Logo

बागमती प्रदेश सभा: ६ संसदीय समितिका सभापतिले लिए शपथ



काठमाडौं । बागमती प्रदेश सभामा रहने ६ वटा संसदीय समितिका सभापतिहरुले पद तथा गोपनीयताका शपथ लिएका छन् । उनीहरु सोमबार सर्वसम्मत सभापति चयन भएका थिए ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रदेशसभाको प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिको सभापतिमा नुरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ ग्रहण गरेका हुन् ।

लामा र लामिछाने कांग्रेस सांसद हुन् भने श्रेष्ठ एमाले, शर्मा नेकपा एस, ढकाल माओवादी र बज्राचार्य राप्रपाका सांसद हुन् । ५ वटा समिति रहेकोमा भागबन्डा मिलाउन विशेषअधिकारी समिति थपिएको हो ।



प्रतिक्रिया दिनुहोस्