Logo

सहकारी प्रकरणमा सहमति गरेर संसद् गतिरोध अन्त्य गर्ने सहमति भयोः महेश बर्तौला



काठमाडौं, ८ जेठ । सहकारी ठगी प्रकरणमा संसदीय समितिको कार्यादेश (टीओआर) तयार गर्नका लागि गठित कार्यदलले आज सहमतिमा पुग्न सकेको छैन । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आज विहानदेखि सहमतिका लागि प्रयास भएपनि बैठक निश्कर्षविहीन भएका बताए ।

आजको बैठकमा आफ्ना–आफ्ना प्रस्तावहरु प्रस्तुत भएको र प्रतिनिधि सभा बैठकपछि पुनः कार्यदलको बैठक बस्ने उनले बताए । प्रमुख सचेतक बर्तौलाले भने, ‘हामी आज सकैले पनि गोजीमा राखेको कलम बाहिर निकाल्न परेन । हामीले मौखिक छलफल गर्यौं । निश्कर्षमा सहमति गरेर हाउसको गतिरोध अन्त्य गर्ने सहमति भयो । आजको निर्णय यत्ति हो ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्