Logo

कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव पारित



काठमाडौं । गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभाले धन्यवाद प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा मर्यादापालकको धकेलाधकेलबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिइएको थियो । त्यसपछि कांग्रेस सांसदहरुले अवरोध गर्न खोजेका थिए ।

कडा सुरक्षाका बीचमा कांग्रेस सांसदहरुलाई मर्यादापालकले धकेलाधकेल गराउँदै प्रधानमन्त्री दाहाललाई रोष्ट्रममा पुर्‍याएका थिए । प्रधानमन्त्रीले टेबुल गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुखले घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्