Logo

राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव पारित, बैठक स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि ११ गतेसम्म बैठक स्थगित भएको हो ।

आजको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ भने राजनीतिक दलसम्बन्धी ऐन फिर्ता र उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलन सम्बन्धी अध्यादेश संसद्मा पेश गरेका छन् ।

उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले ‘सभामुखको भूमिका ठिक छैन’, ‘संसदीय छानबिन समिति गठन गर’, ‘सहकारीपीडितलाई न्याय दे’ लगायत नारा लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्