Logo

राष्ट्रिय सभाले पनि समात्यो प्रतिनिधि सभाको लय, नाराबाजीकै बीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित



काठमाडौं,८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय सभाबाट संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति राष्ट्रियसभा बैठकमा पेस गरेका थिए । मंगलबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरूको विरोधका बीच संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनमा धन्यवाद प्रस्ताव पारित भएको हो ।

कांग्रेसको विरोधका बीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले धन्यवादको प्रस्तावमा सभाले सहमति जनाएको जानकारी दिए । राष्ट्रियसभाको अर्को बैठक ११ जेठ दिउँसो सवा १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

यसअघि आजै बसेको प्रतिनिधि सभाको बैठकले पनि कांग्रेसको नाराबाजी र रोस्ट्रम घेराउकाबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको थियो ।

पछिल्लो समय राष्ट्रिय सभाले प्रतिनिधि सभाकै लय समातेको आरोप लाग्दै आएको छ । यसैलाई बल पुग्नेगरी राष्ट्रिय सभाले आफ्नो गतिविधि गर्दै लगेको छ ।



प्रतिक्रिया दिनुहोस्