Logo

कांग्रेसको माग सम्बोधन गराउन सक्रिय बने माधव नेपाल, प्रचण्ड भेट्न पुगे बालुवाटार



काठमाडौं,१३ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीले सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराएको हो । आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितका नेताले सदनमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णय जानकारी गराइएको हो ।

भेटमा अध्यक्ष नेपालले संसद्‌मा देखिएको गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहल आवश्यक रहेको बताए । सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने विषयमा पार्टीको तर्फबाट सहयोग रहने माधवको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्