Logo

कांग्रेस नआएपनि कोशी प्रदेश सभाको बैठक सुरू



काठमाडौं । कोशी प्रदेश सभा बैठक फेरि पनि मुख्य विपक्षीको अनुपस्थितिमै अघि बढेको छ।

आइतबार १ बजेका लागि डाकिएको बैठकमा मुख्य विपक्षी नेपाली कांग्रेस अनुपस्थित भएपछि कांग्रेस बेगर नै बैठक सुरू हुने भएको छ।

वैशाख ३१ मा सुरू भएको कोशी प्रदेश सभाको बर्खे अधिवेशनमा कांग्रेस लगातार अनुपस्थित बन्दै आएको छ। अधिवेशनको पहिलो दिन नै नेपाली कांग्रेस बैठकमा अनुपस्थित रहने निर्णय गरेको थियो।

कोशी सरकार गठनविरुद्ध सर्वोच्चमा रिट हालेको कांग्रेस सर्वोच्चको फैसलाअघि सदनमा नजाने रणनीतिमा छ । कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने बैठक पनि बहिष्कार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्