Logo

जनताले गणतन्त्र ल्याए, दलका नेताहरुले त्यसलाई आफ्नो बनाएः प्रभु साह (भिडिओसहित)



काठमाडौं, १५ जेठ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशमा अहिलेसम्म जनताको गणतन्त्र नआएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भोट दिन पाउनुलाई मात्रै गणतन्त्र भन्न नसकिने बताएका हुन् । उनले जनतामा मालिक हुनुपर्ने अवस्थामा ऊ थिचिएजस्तो र पीडितजस्तो महशुस गरिरहेको अवस्था रहेको बताएका हुन् ।

‘गणतन्त्र जनताले ल्याए, दलका नेताहरुले त्यसलाई आफ्नो बनाए । आज यो गणतन्त्र जनताको गणतन्त्र रहेन । गणतन्त्र भनेको जनताको शासनलाई भन्छन् । आज जनताको गणतन्त्र छैन, पार्टीको शासन हो, पार्टीको गणतन्त्र हो । जनतालाई जनआन्दोलनमा जान दिए । सहिद भए जनता ।’ उनले भने, ‘अहिले जनता लाचार छन्, निरिह छन्, कमजोर छन् । नेताहरु मालामाल छन् । पार्टीको गणतन्त्र भयो, त्यही भएर देश बवार्द भइरहेको छ । भोट दिनुलाई मात्रै गणतन्त्र भनिँदैन नि ।’ File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्