Logo

बजेट भाषणअघि देउवाले डाकेको विपक्षी दलको बैठक सुरू



काठमाडौं,१५ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

विपक्षी दलको बैठकमा राप्रपा, जसपा नेपाल, लोसपालगायतका नेताहरु सहभागी छन् । सरकारले आज बजेट ल्याउने तयारी गरेको सन्दर्भमा यसबारे समान धारणा बनाउन विपक्षी दलको बैठक बसेको हो । बजेट प्रस्तुत गर्न आज दिउसो एक बजे संयुक्त सदनको बैठक आह्वान गरिएको छ ।

सरकारले बजेट प्रस्तुत गर्नै लाग्दा त्यसमा विपक्षी दलहरूको रणनीति तय गर्न देउवाले बैठक बोलाएका हुन् । विपक्षी दलहरूको बैठकअघि कांग्रेस संसदीय दलको बैठक पनि बसेको थियो ।



प्रतिक्रिया दिनुहोस्