Logo

आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने



काठमाडौं,१५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने बताएका छन्।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गरेका हुन्।

उनले सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताएका छन्।

समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्