Logo

कान्तिपुरको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत फेला



काठमाडौं । मोरङको नेमुवास्थित कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत फेला परेका छन् ।

कार्यालयको सुरक्षा गार्ड बस्ने कोठाभित्र सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत झुन्डिएको अवस्थामा मृत फेला परेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार भित्रबाटै ढोकाको चुक्कुल लगाइएको र कोठाको सिलिङ पंखामा कालो प्लाष्टिकको डोरी लगाई झुन्डिएको अवस्थामा शव भेटिएको थियो । मृत भेटिएका बस्नेतलाई पालो दिन आएका अर्का सुरक्षा गार्डलाई ढोका नखोलिदिएपछि पर्खाल नाघेर हेर्दा झुन्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।

सुरक्षा गार्ड बस्नेत झुन्डिएको कोठाको ढोका खुलेको छैन । परिवारका सदस्य र आफन्त आइसकेका कारण ढोका खोल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्