Logo

रास्वपा सांसद् पराजुलीको दाबीः ‘अब कुनै पनि सहकारी ठगहरु उम्किन पाउँदैनन्’



काठमाडौं, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले अब कुनै पनि सहकारी ठगहरु उम्किन नपाउने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कमजोर कानुन र नियमनको पाटोको प्रयोग गरेर केही उम्किन नपाउने बताएका हुन् । आफूले पटक–पटक पीडित जनताले आफ्नो बचत फिर्ता पाउने सुनिश्चितता हुनुपर्छ भन्दै आएको पनि बताए ।

नेता पराजुलीले संसदीय समितिको कार्यादेश (टीओआर) पनि बचतकर्ताले रकम फिर्ता पाउने सुनिश्चितता हुनेगरी तयार भएको बताए । उनले प्रत्येक सहकारी पीडितले न्याय पाउनुपर्ने वातावरण बनाउनु सरकारको जिम्मेवारी रहेको बताए ।

साथै, बजेटले समेत पाँच लाखसम्म बचत रहेका पीडितहरुले रकम फिर्ता पाउने सुनिश्चितता गरेको उनले बताए । सहकारी डीडितको बचत फिर्ता गराउन सरकार जिम्मेवार बनिरहेको उनले बताए । ‘बजेटले पनि पाँच लाखसम्मको डिपोजिट त्यहाँबाट असुलउपर गरेर हुन्छ कि कहाँबाट हुन्छ उहाँहरुको बचत फिर्ता गर्ने सुनिश्चितता गर्नुपर्छ भनेर बोलेको हुँदा म अब चाहीँ के मान्छु भनेर सरकार स्वयम जिम्मेवार भएको छ । कुनै पनि व्यक्तिले ठगी प्रकरणबाट अब उम्किन, कानुन कमजोर छ, नियमन पाटो फितलो छ भनेकै कारणले उ उम्किन पाउँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्