Logo

‘माधवजी पहिलेदेखि नै यतापनि उतापनि’



काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी वर्तमान सत्ता समीकरणमै रहने बताएका छन् । आज (बिहिबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाल पहिलादेखि नै यतापनि उतापनि जस्तो देखिएको बताए ।

आफूले आज विहान अध्यक्ष नेपालसँग संवाद गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी सत्ता समीकरणभन्दा बाहिर नजाने क्लियर भएको बताए । उनले मधेश प्रदेशमा पनि वर्तमान सत्ता समीकरणकै सरकार बन्ने उनको दाबी छ ।

‘मैले यसलाई त्यति असहज ठानेको त छैन । माधवजी पहिलेदेखि नै उतापनि र एतापनि दुवैतिर जोडिनेजस्तो त देखिएको थियो । अहिले विहान मेरो कुरा हुँदाखेरी माधवजीले म यो समीकरणभन्दा बाहिर छैन, होईन भन्ने कुरामा उहाँले क्लियर गर्नुभएको छ । समीकरणभन्दा बाहिर मधेशमा पनि अर्का बन्दैन । हाम्रो अहिलेको जे सरकार छ, त्यही अनुसारको सरकार बन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्