Logo

सहकारीले उद्योगका लागि कच्चा पदार्थ उत्पादन गर्नुपर्छः मुख्यमन्त्री कार्की



काठमाडौं, १९ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी लिमिटेड संस्थाद्वारा आयोजित सहकारी संस्थाहरूको सुसञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले मझौला तथा उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका हुन् । उनले यसबाट कच्चा पदार्थमार्फत बाहिरिने विदेशी मुद्रा सञ्चिति पनि बचत हुने बताए ।

‘गरिबी उत्थान र कृषि उत्पादनमा सरकारीको मुख्य जोड हुनुपर्छ,’– मुख्यमन्त्री कार्कीले भने ।

प्रदेशमा सञ्चालित सहकारी संस्थाले जनताको आर्थिक समृद्धि कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिँदै उनले सरकारी संस्थामा कुनै समस्या आउन नदिनका लागि आवश्यक अनुगमनमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकतामा राख्ने जानकारी दिए । अन्तरक्रियामा सहकारी अभियन्ता तथा स्थानीय तहका सहकारी शाखा हेर्ने कर्मचारीहरूको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्