काठमाडौं । टी २० विश्वकप क्रिकेट खेल्न जान राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले भीसा नपाएको विषयले संसद्मा प्रवेश पाएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विश्वले चिनेको सन्दीपलाई प्रतिशोधपूर्ण ढंगले अमेरिकाले भीसा नदिएको जिकिर गरे । उनले अमेरिकाको य्सतो कार्यबारे सरकारले आवश्यक पहल गर्न नसकेको आरोप लगाउँदै मन्त्री र प्रधानमन्त्रीहरुलाई भण्डा हल्लाउँदै हिँड्न लाज लाग्दैन भन्दै प्रश्न गरे ।
सांसद शाहीले नेपालको बेइज्जत हुँदा पनि काम गर्न नसक्ने भन्दै खेलकुद, पराष्ट्रमन्त्री र मन्त्रालयको नैतिकतामा प्रश्न उठाए । “अदालतले न्याय दिन्छ, क्यानले नाम पठाउँछ, आईसीसीले स्वीकृत गर्छ, खेलाडीको भिसा लाग्दैन । अनि, प्रधानमन्त्री र मन्त्री देशको झन्डा हल्लाएर हिँड्न लाज लाग्दैन ?,” उनले भने, “मन्त्रीले स्टन्टबाज मात्र गर्ने हो ?”