Logo

बजेटबारे पूर्वअर्थमन्त्री महतको टिप्पणी: चूनौतिको सामना गरेर लय पक्रन सकेन्,राम्रो कामको थानलीले निरन्तरता पाएन



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले सुधारका कार्यक्रम ल्याएर बिग्रदैं गएको अर्थतन्त्रको लय समात्नन नसकेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्रीसमेत रहेका महतले बजेटले लय पक्रन नसकेको टिप्पणी गरे ।

‘बजेटका चुनौतीहरूको सामना गर्ने दिशा बजेटले पक्रिन सकेको छैन । सुधारको कंक्रिट स्टेप तयार गरेर कार्यविधि बनाएका थियौँ,’ उनले भने, ‘आशा थियो त्यसले निरन्तरता पाउछ भन्नेमा तर सुधारको थालनी भए पनि त्यसले निरन्तरता पाएन । उच्च स्तरीय सुधार आयोगमा पन्छाइदिनुभयो । आयोगको कामै थिएन ।’

यसअघि आफू अर्थमन्त्री हुँदा आफूले राम्रो कामको सुरुवात गरेको भएपनि त्यसले निरन्तरता नपाएको गुनासो महतको छ ।

“गत वर्ष हामीले सुधारका कन्क्रीट स्टेप चालेका थियौँ । त्यसअनुरूप कार्यविधि प्रस्तुत गरेका थियौँ । बजेटरी सिस्टरममा अनुशासनको कमी थियो, त्यसलाई अन्त्य गर्ने रोडम्याप तयार गरेका थियौँ । त्यसले निरन्तरता पाउँछ भन्ने ठानेको थिएँ, सुधारको जुन थालनी भएको थियो, त्यसले निरन्तरता पाएन,” उनले भने ।



प्रतिक्रिया दिनुहोस्