Logo

माधवलाई प्रचण्डले भनेः मधेश सरकारबाट फिर्ता हुनुस्



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । आज (सोमबार) विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मधेश सरकारबाट बाहिरिएर सत्ता समीकरणलाई सहयोग गर्न आग्रह गरेका छन् । सो क्रममा अध्यक्ष नेपालले आज सचिवालय बैठक बसेर मधेश सरकारबाट बाहिरिने निर्णय गर्ने जवाफ दिएको बताइएको छ ।

त्यस्तै, अध्यक्ष नेपालले सुदुरपश्चिम सरकारबारे प्रधानमन्त्री प्रचण्डकको ध्यानाकार्षण गराएका छन् । सुदूरमा एमाले र माओवादीले मन्त्रीहरु नपठाउँदा सरकार विस्तार हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्