काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउने निर्णय भएपछि तीन शीर्ष नेताहरुबीच यो पहिलो भेट हो ।
उनीहरुबीच आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेट र संसदीय समितिबारे केन्द्रीत भएर छलफल भइरहेको बताइएको छ ।