Logo

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा रञ्जिताको इन्ट्री पक्का !



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार यसै साता मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने तयारी थालेका छन् । सरकारलाई विश्वासको मत दिएर पनि अहिलेसम्म सरकारमा सहभागी नभएको नाउपा सरकारमा सहभागी हुन सकारात्मक देखिएसँगै प्रचण्डले मन्त्रिरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।

बालुवाटार स्रोतका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङलाई नेकपा (माओवादी केन्द्र) ले फिर्ता बोलाउने तयारी गरेको छ । सो मन्त्रालय नाउपालाई दिने तयारी रहेको छ । नाउपाबाट रञ्जिता श्रेष्ठले उक्त मन्त्रालयको नेतृत्व गर्ने भएकी छन् ।

श्रेष्ठले यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भइसकेकी थिईन् । नाउपाले यसपटक एक मन्त्रीसहित एक राज्यमन्त्रीको जिम्मेवारी पनि पाउने भएको छ । राज्यमन्त्रीमा भने अरुण चौधरीलाई पठाउने तयारी रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्