Logo

नेपाली क्रिकेट टिमको समर्थनमा संसद्मा रास्वपाका सांसदहरु नेपाली जर्सीमा (तस्बिरहरु)



काठमाडौं । एक दशकपछि नेपालले दोस्रो पटक आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले आज पहिलो खेल नेदरल्याण्डस्सँग खेल्दै सुरुवात गर्दैछ । नेपाली क्रिकेट टिमको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नेपालको जर्सी लगाएर संसद्मा पुगेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा रास्वपाका १ अर्जन सांसदहरु नेपाली टिमको सम्मानमा राष्ट्रिय जर्सी लगाएर संस्दमा पुगेका हुन् ।

१० वर्षपछि टी-२० विश्वकप खेल्न लागेकाे नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।

तस्बिर मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्