Logo

दलहरु एकअर्कालाई सिध्याउन लागे, संसद्मा देश भेटिन छाड्यो: सांसद झा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले दलहरु एक अर्कालाई सिध्याउन लागिपरेको टिप्पणी गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद झाले विभिन्न आन्दोलनमा प्राप्त उपलब्धिलाईं संस्थागत गर्नुपर्ने बेलामा दलहरुले एकअर्कालाई सिध्याउने रणनीति बनाउँदा संसद्मा देश भेटिन छाडेको बताएका छन् ।

उनले भने, ‘उग्र राष्ट्रवादमा जे छ त्यही ठिक छ भन्छ तर देश प्रेममा चाहिँ जे गलत छ त्यसलाई सुधार्नुपर्छ भनिन्छ । अहिले कर्मचारीको उत्साहमा देश खोज्न जाँदा भेटिँदैन । नीजि क्षेत्रको लगानीमा, सबै ठाउँमा देश भेटिन गाह्रो छ । सदनमा त झनै गाह्रो छ । किनकि यहाँ सबैले सबैलाई सिध्याउने प्रयासमा छन् ।’



प्रतिक्रिया दिनुहोस्