Logo

बालेनसित लड्ने भनेको नै केपीजी जस्ताले होः माओवादी नेता खनाल (भिडिओसहित)



काठमाडौं, २२ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणि खनालले गिरीबन्धु टि स्टेट प्रकरणमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह लड्दा एकदमै राम्रो देखिएको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सो प्रकरणमा बालेन र ओली भिडिरहनुपर्ने बताएका हुन् । उनले बालेनसँग भिड्ने एमाले अध्यक्ष ओलीजस्तैले हो भन्दै टिप्पणी गरे ।

नेता खनालले राजनीतिक दलका केही कमिकमजोरीका कारण राजनीतिमा सहकारी लुटेराहरु आइपुगेको टिप्पणी गरे । उनले बालेनलाई पनि केही वर्ष हेर्नु आवश्यक रहेको बताए । ‘एक पटक ०६४ देखि ०७० सम्म माओवादी चर्चामा रह्यो । त्यसपछि माओवादीको एजेण्डाहरु चर्चामा छन्, पार्टीलाई चाहीँ घेराबन्दीजस्तो गर्छन् । राजनीतिक दलका केही कमीकमजोरीका बावजुद भ्रष्टहरु, सहकारी लुटुवाहरु आए । बालेन पनि एकाध वर्ष हेरे भयो । बालेनसित लड्ने भनेको त्यस्तै केपीजीजस्ता हुन् । तिनलाई लडाइराख्नुपर्छ । लड्दा राम्रो, उहाँहरु लड्दा एकदम ठीक,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्