Logo

अन्ततः मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी



काठमाडौं, २२ जेठ । नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आज (मंगलबार) भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका छन् । मन्त्रीद्वयले राजीनामा बुझाएसँगै एकीकृत समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो ।

सत्ता समीकरणमा असन्तुष्टि प्रकट गर्दै एकीकृत समाजवादी मधेशबाट बाहिरिएको थिएन । मधेशबाट बाहिरिन पहिला सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउनुपर्ने अडान राख्दै आएको एकीकृत समाजवादी अन्ततः सरकारबाट बाहिरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री यादव अहिले अल्पमतमा छन् । उनले भोलि (बुधबार) प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ ।

कूल १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना टरेर गएको छ ।



प्रतिक्रिया दिनुहोस्