Logo

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा एमाले पार्टी कार्यालय च्यासलमा



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेका छन् ।

ललितपुरको च्यासलमा अवस्थित एमाले मुख्यालयमा सापकोटासहितका नेताहरु पुगेका हुन् । सूचना प्रविधि व्यस्थापन तथा कार्यालय व्यवस्थापनबारे अध्ययन गर्न सापकोटसहितका नेताहरु पुगेका हुन् ।

सापकोटालाई उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिवद्वय विष्णु रिमाल, प्रदीप ज्ञवाली, केन्द्रीय प्रचार विभागका पदाधिकारीहरूले पार्टी कार्यालय र आन्तरिक व्यवस्थापनबारे अनुभवन आदान प्रदान गरे ।

यसअघि अघिलले महिना रास्वपाका महामन्त्री डा मुकुल ढकालसहितको टिम पनि अवलोकनका लागि एमाले मुख्यालय पुगको थियो ।



प्रतिक्रिया दिनुहोस्