Logo

१४ सदस्यीय मन्त्रिपरिषद्मा ५ महिलालाई अवसर, शारदा यसपाली पनि राज्यमन्त्रीमै सीमित



काठमाडौं,२५ जेठ । साढे ६ वर्षदेखि जनता समाजवादी पार्टी (जसपा) नेपालको एकछत्र राज रहँदै आएको मधेश प्रदेशमा सत्तारोहण गरेका जनमत पार्टीका सांसद शतीषकुमार सिंहले मुख्यमन्त्री नियुक्त भएकै दिन सरकारलाई पूर्णता दिएका छन् ।

सिंहले शुक्रबार बिहान मुख्यमन्त्रीको शपथ लिएसँगै १० जना मन्त्री र ३ जना राज्यमन्त्री थप्दै सरकारलाई पूर्णता दिएका हुन् । सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त गरेका हुन् ।

त्यस्तै माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन् ।

गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम र नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री बनेकी छन् ।

मधेश प्रदेशको मन्त्रिपरिषद्‌मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

३ जना फूलमन्त्री २ जना राज्यमन्त्री

१४ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा ३ जना महिलाले फूल मन्त्रीको जिम्मेवारी पाएका छन् । एकीकृत समाजवादीले लुंगेली, नाउपाले चौधरी, र नेपाल संघीय समाजवादीले अन्सारीलाई मन्त्री बनाएको छ । यता एमालेबाट शारदादेवी थापाले राज्यमन्त्रीको शपथ लिँदा जनमतकी रन्जु कुमारी मंडल खङ्ग बिना विभागीय राज्यमन्त्रीको रुपमा सरकारमा प्रवेश गरेकी छन् ।

यता एमालेबाट मन्त्रीको लागि प्रवल सम्भावना रहेकी भनिएकी शारदादेवी थापा यसपटक पनि राज्यमन्त्रीमै सीमित भएकी छन् । महोत्तरीबाट प्रदेश सभामा लगातार दोस्रो पटक निर्वाचित भएकी थापा फेरि राज्यमन्त्रीमै अड्किएकी हुन् । यसअघि सरोज यादव नेतृत्वको सरकारमा पनि उनी राज्यमन्त्रीनै थिईन् । आन्तरिक मामिला तथा कानूनमन्त्रीको लागि नाम चर्चामा आएपनि सो मन्त्रालय अर्कै दलको भागमा परेपछि उनी फूल मन्त्री बन्नबाट बञ्चित भईन् ।



प्रतिक्रिया दिनुहोस्