Logo

मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि एमालेलाई निर्णायक शक्तिमा पुर्याउनुपर्छः अध्यक्ष ओली



काठमाडौँ, २६ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्याउन आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले काठमाडौँको पार्टी सङ्गठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे । ‘गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुठ र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुठ र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ,’– ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्