Logo

जसपा नेपालको महासचिवमा अशोक यादवले उम्मेदवारी दिने



काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादव महासचिवको उम्मेदवार बन्ने भएका छन् ।

तत्कालीन मधेसी जनाधिकार फोरमका संस्थापक सदस्यसमेत रहेका यादवले मधेस प्रदेशपश्चात पार्टीको जनाधार लुम्बिनी प्रदेशमा रहेकोले पार्टीको दुई महासचिवमध्ये एक महासचिव लुम्बिनी प्रदेशलाई दिनुपर्ने माग गरेका छन् ।

लामो सयमदेखि प्रदेश अध्यक्ष भई कार्य गरेकोले आफू महासचिवको लागि योग्य रहेको उनको भनाइ छ । यादव पार्टीको केन्द्रीय सदस्य पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्