Logo

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा



काठमाडौं, २८ जेठ । सीजी फुड्स नेपाल लिमिटेडले नेपाल दोस्रो पटक आइसीसी पुरुष टि–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्यले नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ । वाईवाईको विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन र समग्र नेपाली क्रिकेटप्रेमिहरूमा थप उत्साह ल्याउने कम्पनीले विश्वास लिएको छ ।

सीजी फुड्स नेपालले यसअघि नै अन्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख सहयोगको घोषणा गरिसकेको थियो ।

पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाईवाईले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत ३० लाख तथा अन्य क्रिकेट गतिबिधि सञ्चालनका लागि ३० लाख गरि जम्मा ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग बताइएको छ ।

पत्रकार सम्मेलनका अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले यस सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली राष्ट्रिय टिम दोस्रोपटक आइसीसी टी–२० विश्वकपमा सहभागी हुन सफल भएकोमा सीजी फुड्सले नेपाली राष्ट्रिय टिमलाई बधाई एवं शुभकामना व्यक्त गरेको छ । सीजी फुड्स नेपालले आगामी दिनहरुमा पनि नेपाली क्रिकेटको विकासका लागि सदैव तत्पर र समर्पित रहने बताएको छ ।

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन वापत १ हजार, प्रत्येक चौका वापत ८ हजार, प्रत्येक छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार, प्रत्येक शतक वापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्