Logo

नीजि अस्पतालमा अटेरी बढ्यो, तत्काल ऐन ल्याईओस्: सांसद कार्की



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले अस्पताल सञ्चालसम्बन्धी ऐन तत्काल ल्याउन माग गरेकी छन् ।

मंगलबार बसेको संसद् बैठकको शुन्य समयमा बोल्दै पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी कार्कीले नीजि अस्पतालको मनोमानी बढेको भन्दै तत्काल ऐन ल्याउन माग गरिन् ।

‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालले अनिवार्य रुपमा विपन्न नागरिकको लागि १० प्रतिशत नि:शुल्क सेवा दिनुपर्छ भन्ने भन्ने मापदण्ड भए पनि कार्यान्वयन भएको छैन,’ कार्कीले भनिन्, ‘यो व्यवस्था लागू भएको छैन । नियमन फितलो छ । मापदण्ड मन्त्रालयको मापदण्डमा सीमित छ । १० प्रतिशत नदिँदा कारबाही नहुने भन्ने पनि स्पष्ट छैन । कुल शय्याको १० प्रतिशत कि बिरामीको १० प्रतिशत ? बरु शय्या मात्रै नि:शुल्क गरेर अस्पतालले अन्य शुल्क चर्को असुलेको पाइन्छ ।’



प्रतिक्रिया दिनुहोस्