Logo

जसपा नेपालको महाधिवेशनअन्तर्गत बन्द सत्र जारी



काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन बन्द सत्र जारी रहेको छ । प्रारम्भमा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरी बन्द सत्र सुरु गरिएको छ ।

अध्यक्षमण्डलमा उपेन्द्र यादव, रकम चेम्जोङ, लालबाबु राउत, मृगेन्द्रकुमार सिंह र लीला सिटौला रहेका छन् । अध्यक्षमण्डलको तर्फबाट पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रतिवेदन प्रस्तुत गरेपश्चात सो प्रतिवेदनउपर समुहगत छलफल हुनेछ । साथै बन्दसत्रमा लेखा परीक्षण आयोगका प्रमुख अमरेशनारायण झाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

जनकपुरस्थित तिरहुतियागाछीमा जारी बन्द सत्रमा करिब १३ सय प्रतिनिधि सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्