Logo

एमाले काठमाडौंको अध्यक्षमा पूर्व राष्ट्रपति भण्डारीनिकट निरौला निर्वाचित



काठमाडौं,३० जेठ । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन् । मंगलबार साँझ सकिएको मतगणनामा निरौलाले प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै अध्यक्ष चुनिएका हुन् । उनी यसअघि पनि अध्भ्यक्षनै थिए ।

एमालेकी तत्कालीन उपाध्यक्ष तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निकट निरौलाले ३७० मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ । भण्डारीले सर्वसम्मतरुपमा निरौलालाई अध्यक्ष बनाउन चाहेको स्रोतले जनाएको छ । तर, देउलाले नमानेपछि निर्वाचन प्रणालीमा गएको थियो ।

देउला एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीका विश्वासपात्र मानिन्छन् । उनी काठमाडौं महानगर कमिटीका निवर्तमान अध्यक्ष हुन् ।

देउलाले १ सय ९१ मत पाएका थिए । त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटाले नवराज पराजुलीलाई पराजित गरेका छन् । सापकोटाले २ सय ६४ र पराजुलीले १ सय ७४ मत पाएका छन् ।

सचिवमा राजेश शाक्य ३ सय ७० मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी सत्यनारायण डंगोल १ सय ९१ मत ल्याएर पराजित बनेका छन् । त्यस्तै उपसचिवमा उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्