Logo

संसद्मा सांसदको प्रश्न: मन्त्रीजीहरूले बजेट जति सबै आफ्नै जिल्लामा लाने, हामी के गर्ने ?



काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र ध्यान दिएर बजेट विनियोजन गरेको टिप्पणी गरेकी छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले बजेटजित सबै मन्त्रीको जिल्लामा पुगेपछि आफूहरुको काम के हो भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘मन्त्रीजीहरूले बजेट जति सबै आफ्नै जिल्लामा लाने, हामी के गर्ने ?’

उनले यसको उदाहरण महिला तथा बालबालिका मन्त्रालय रहेको बताएकी छन् ।

‘हामी के गर्ने सभामुख महोदय, मेरो यो प्रश्न छ मन्त्रीजीहरूलाई,’ उनले भनिन्, ‘मन्त्रीहरूका क्षेत्रमा गएका बजेट कटौती गर्नुपर्‍यो, फिर्ता गराउन लगाउनु पर्‍यो। मन्त्रीहरूलाई बजेट शून्यमा राख्नुपर्‍यो।’

प्रतिनिधि सभामा मंगलबारदेखि बजेटमाथि मन्त्रालयगत छलफल चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्