Logo

नेसपाको स्थापना दिवसमा रविदेखि सीकेसम्मलाई निम्ता, पूराना दललाई बाबुरामको बेवास्ता (तस्बिरहरु)



काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी (नेसपा) ले आफ्नो स्थापना दिवस मनाएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेसपाले स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, विवेकशील साझा पार्टीकी प्रमुख समीक्षा बाँस्कोटा, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी, लेखक खर्गेन्द्र संग्रौला, डम्बर खतिवडालगायत उपस्थित छन् ।

नयाँ दललाई बोलाएपनि बाबुरामले पूराना कुनै पनि दललाई बोलाएका छैनन् । आफूहरु नयाँ शक्ति भएकाले पुरानालाई निम्ता नगरेको नेसपाले जनाएको छ ।

तस्बिरहरु: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्