Logo

मन्त्री खान ‘फ्लोर क्रस’ गरेका देवकोटा सांसदबाट निलम्बित हुँदै, संसद्‌बाट आजै पदमुक्तको पत्र वाचन हुने



काठमाडौं,३२ जेठ । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटा आज कारबाहीमा पर्ने भएका छन् ।

गत २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिँदा उनले दलको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका थिए । सोही दिन माओवादीले उनलाई २४ घण्टे प्रष्टीकरण सोधेको थियो । उनले प्रष्टीकरणसमेत दिएका छैनन् ।

माओवादीले उनलाई आजै सांसदबाट निलम्बन गर्ने तयारी गरेको स्रोतले जनाएको छ । उनी हाल प्रदेशमा उर्जा मन्त्रीको जिम्मेवारीमा छन् ।

शुक्रबार ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक यही विषयमा छलफल चलिरहेका कारण सुरु हुन ढिलाई भएको छ ।

शुक्रबार नै गण्डकीमा नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने कार्यसूची छ । नीति तथा कार्यक्रमपछि नै सभामुखले पद रिक्त भएको पत्र वाचन गर्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्