Logo

माधव नेपालको अपानि: एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि हुँदैछ, नेकपा एसले मात्रै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउँछ



काठमाडौं,३२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनको गरेको औचित्य पुष्टि हुँदै गएको जिकिर गरेका छन् ।

शुक्रबार पार्टीको १०औं राष्ट्रिय महाधिवेशनका लागि अन्तर पार्टी निर्देशिका (अपानि) जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सो दाबी गरेका हुन् । उनले मुलुकको विकासका लागि एकीकृत समाजवादीमात्र एउटा अन्तिम विकल्प भएको दलील पेश गरेका छन् ।

‘हामीले आजभन्दा २३ महिना पहिले दक्षिणपन्थी अवसरवाद र विसर्जनवाद तथा लोकतन्त्र विरोधी प्रवृत्तिका
विरुद्ध विद्रोह गर्दै समाजवादी कार्यदिशा र कार्यक्रमका साथ अघि बढ्ने उद्घोष गरेका थियौँ । हाम्रो विद्रोहले नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको एउटा चुनौतीपूर्ण ऐतिहासिक अभिभारा बोकेका छ । दक्षिणपन्थी यथास्थितिवादबाट मुक्त गर्दै समाजवादको दिशामा सम्पूर्ण कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूलाई गोलबन्द गर्नु र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईँमा पु¥याउने असाधारण जिम्मेवारी हाम्रो काँधमा आएको छ’ उनले भनेका छन् । य

अध्यक्ष नेपालले चुनौतीहरूको सामना गर्दै स्गिंो कम्युनिष्ट आन्दोलनलाई सही कार्यदिशाका आधारमा एकताबद्ध बनाउने र नेपालमा समाजवादको भविष्यलाई सुनिश्चित गर्ने कुरा आफैले कबुल गरेका प्रतिवद्धताहरू भएको बताएका छन् । अपानिमका उनले भनेका छन् ‘महाधिवेशनबाट विद्रोहको आवश्यकता र हाम्रा प्रयासहरूको समीक्षा तथा विद्रोह गर्दा नै अवलम्बन गरिएका समाजवादी लक्ष्य, कार्यदिशा र नीतिको अनुमोदनगर्दै नेपाली विशेषताको समाजवादी कार्यक्रम निर्माण गर्ने बिन्दुमा आइपुगेका छौँ । उल्लिखित ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने यस समयले हामी सबैबाट अझ बढी धैर्यता, दूरदृष्टि, दृढता र एकताको माग गरेको छ’ ।

एकीकृत समाजवादी ०७८ सालमा एमालेबाट फुटेर बनेको नयाँ दल हो । यद्यपी उसले आफू एमालेकै रुप भन्दै एकैपटक आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा १०औं महाधिवेशन गर्दैछ । एमालेबाट सम्मानजनक हिस्सा लिएर बाहिरिएपनि पछिल्ला दिनमा एसलाई आफ्नो अस्तित्व जोगाउन धौंधौं परेको छ । अधिकांश कार्यकर्ताहरु पुरानै घर फर्किँदै जाँदा यस महाधिवेशनले नयाँ गोरेटो कोर्नुपर्ने बाध्यतामा नेकपा एकीकृत समाजवादी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्