काठमाडौं,१ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१-८२ को बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम राना मगरले अहिले बजेट वक्तव्य वाचन गरिरहेका छन् ।
मन्त्री मगरले अल्लो र ढाकाको झोलामा प्रदेशको बजेट ल्याएका छन् ।
शनिबारको प्रदेशसभा बैठकमा उनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट पेश गरिरहेका छन् । प्रदेशको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अल्लो र ढाकाको झोलामा बजेट ल्याएको हो ।
यसअघि गत जेठ १५ गते संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले पनि अल्लोको झोलामै बजेट ल्याएका थिए ।