Logo

दुग्ध किसानको आन्दोलनमा एमालेको ऐक्यबद्धता, पक्राउ परेकालाई भेट्न पुगे प्रमुख सचेतक बर्तौला



काठमाडौं,५ असार । दुधको भुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएका दुग्ध किसानको आन्दोलनमा सत्तारुढ दल नेकपा एमालेले एक्यवद्धता जनाएको छ ।

बुधबार बिहान दूधको भुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएका किसानलाई प्रहरीले पक्राउ गरेको थियो । किसानलाई प्रहरीले पक्राउ गरेपछि एमालेले असन्तुष्टि जनाएको छ ।

किसान पक्राउ परेपछि उनीहरुलाई हिरासतमा भेट्दै एमाले प्रमुख सचेतक महेश बर्तौला भेट्न पुगेका छन् । किसानलाई भेटेर उनले आन्दोलनमा एक्यवद्धता जनाउँदै गृह प्रशासनले ज्यादजी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

‘आफुले बेचेको दुधको भुक्तानी माग गर्दै आन्दोलनरत दूध किसानहरुलाई आज प्रहरीले काठमाडौंबाट धरपकट सहित गिरफ्तार गरेको छ । शान्तिपुर्ण ढंगले दुधको भुक्तानी माग गर्दै आन्दोलन गरिरहेका दुध किसानहरुलाई यस प्रकारले गिरफ्तार गर्नु गृह प्रशासनको गम्भीर कमजोरी र ज्यादती हो’ उनले भने ‘मैले उहाँहरुलाई भर्खरै हिरासतमै पुगि भेटेर फर्केको छु । केहि अमर्यादित ब्यवहार समेत भएको पाइएको छ । यो दुःखद् छ । यो आन्दोलन किसानहरुको रहर होइन बाध्यता हो । त्यसैले किसानहरुलाई भुक्तान गर्नुपर्ने दुधको रकम अबिलम्ब भुक्तानीको सुनिश्चितताको वातावरण बनाउन र पक्राउ परेका सम्पुर्ण दूध किसानहरुलाई अबिलम्ब ससम्मान रिहाइको लागि माग गर्दछु’ ।



प्रतिक्रिया दिनुहोस्