Logo

कांग्रेसको व्यंग्य: खल्तीमा राजीनामा बोकेर हिँड्ने सरकार र डिमोटिभेटेड संसद्मा के कुरा राख्ने



काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार बजागाईंले रास्वपाबाट मन्त्री भएका ४ मन्त्रीले आफ्नो राजीनामा पत्र खल्तीमा बोकेर हिँड्ने अवस्था आएको भन्दै व्यंग्य गरेका छन् ।

केही दिनअघि रास्वपाबाट युवा तथा खेलकुदमन्त्री बनेका वीराजभक्त श्रेष्ठले आफूहरुको राजीनामा खल्तीमा रहेको अभिव्यक्ति दिएका थिए । जुन अहिले चर्चामा छ । बुधबार बसेको संसद् बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईले ‘खल्तीमा राजीनामा बोकेर डिहड्ने सरकार र डिमोटिभेटेड संसद्मा के कुरा राख्ने ? भन्दै प्रशन गरेका छन् ।

‘खल्तीमा राजीनामा बोकेर डिहड्ने सरकार र डिमोटिभेटेड संसद्मा के कुरा राख्ने । मैले यो विकास खर्च र राजस्व संकलनको द्धन्द्धमा सुन आयातको कुरा भर्खरै एउटा दृश्य देखेर आएँ । अनुदानको । २० केजी सुन दिनहुँ बजारमा खपत हुने रहेछ । नेपालको बजारमा प्रतिदिन । तर, १८० केजीको राजस्व संकलन भईरहेको रहेछ । भनेपछि आयात र खपतको बीचमा यसरी तस्करी भईरहेको छ’ उनले भने ।

सांसद बजगाईले गोरखनाथ बाबाको पुजाका लागि छुट्याउने गरेको बजेट कटौती गरेकोबारे पनि सरकारसँग जवाफ माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्