Logo

संघीय अस्पतालहरु दुई सिफ्टमा सञ्चालन गर्ने तयारी, ओपीडी टिकटदेखि रिपोर्टसम्म अनलाइनबाटै पाइने



काठमाडौं, ५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले संघीय अस्पतालहरु वीर, ट्रमा, कान्ती, परोपकार, प्रसुती अस्पताललाई दुई सिफ्टमा सञ्चालन गर्ने तयारी रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभामा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरुको जवाफ दिँदै उनले संघीय अस्पतालहरुलाई दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक व्यवस्थासहित बजेट वक्तव्यमा समावेश गरिएको बताएका हुन् ।

अस्पतालको ओपीडी टिकट लिन, शुल्क भुक्तानी गर्न र प्रयोगशाला रिपोर्ट लिन विरामीहरुलाई धेरै सकस भइरहेको भन्दै सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै उनले भने,‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हाम्रो टिमले यो समस्या निराकरणका लागि संघीय अस्पतालहरु वीर, ट्रमा, कान्ती, परोपकार, प्रसुती अस्पतालमा दुई सिफ्टमा सञ्चालनका लागि आवश्यक व्यवस्थासहित बजेट वक्तव्यमा समावेश भइसकेको छ ।’

यस किसिमका सेवाहरु क्रममा प्रदेश अस्पतालहरुमा समेत क्रमशः विकास गरिने उनको भनाइ छ । उनले सबै अस्पतालहरुमा अनलाइन ओपिडी टिकट सेवा, शुल्क भुक्तानी र प्रयोगशालाको रिपोर्ट प्राप्त गर्नेगरी व्यवस्था मिलाउन सबै अस्पतालहरुलाई पत्राचार गरिएको पनि उनले बताए ।

साथै, अहिलो आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा भइरहेको बताए । उनले विमाबाट प्राप्त हुने सबैखाले औषधीहरु आगामी दिनमा अस्पतालको फार्मेसीबाट उपलब्ध हुने पनि उनले विश्वास दिलाए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्