Logo

विद्या भण्डारीको प्रशंसा गर्दै महिला नेतृलाई देउवाले भने: तपाईहरु पनि उहाँजस्तै बन्नुस्



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेका छन् ।

बिहीबार पार्टीको भातृ संगठन नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले विद्या भण्डारी महिला हुँदाहुँदै पनि राजनीतिको माध्ययमबाट राष्ट्रपतिजस्तो उच्च अहोदामा पुग्न सकेको भन्दै भण्डारी जस्तै सक्षम बन्न महिला नेतृहरुलाई आग्रह गरे ।

‘महिलाहरूको समानुपातिक विकासका लागि संसारभरि आवाज उठेको छ । नेपालमा समानुपातिक, समावेशी सहभागिताको अभ्यास भइरहेको छ । विद्या भण्डारी राष्ट्रपति भइन् । भोलिका दिनमा पनि उहाँजस्तै नेतृत्व आउन सक्नेछन् । त्यस किसिमको सक्षम, योग्य हुने गरी तयारी गर्न म आग्रह गर्दछु’, देउवाले भने ।

काँग्रेसभित्र महिला–महिलाबीच नै अन्तर्घात हुने गरेको जनाउँदै सभापति देउवाले यसबाट मुक्त हुन् सकेको खण्डमा अझ बढी मौका मिल्ने बताए । ‘महिलाहरुलाई हाम्रो पार्टीमा अन्तर्घातको रोग छ । यसबाट मुक्त गराउनसके महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु’, उनले भने ।



प्रतिक्रिया दिनुहोस्