Logo

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको छु, उपयुक्त समयमा मोदीजी नेपाल भ्रमणमा आउनुहुन्छ: प्रचण्ड



काठमाडौं,६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपयुक्त समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा मोदी नेपाल आउने बताएका हुन् । ‘मैले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको छु,’ प्रचण्डले भने, ‘उपयुक्त समयमा मोदीजी नेपाल भ्रमणमा आउनुहुन्छ ।’

सांसदले उठाएको प्रशनको जवाफ दिँदै प्रचण्डले आफू भारतीय प्रधानमन्त्री मोदीले बोलाएरै भारत गएको प्रष्ट पारेका छन् ।‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लिखित आमन्त्रणमा भारत भ्रमणमा गएको हुँ । जेठ २७ र २८ मा औपचारिक भ्रमण गरें,’ प्रचण्डले भने, ‘भ्रमणमा विषयमा भएका गतिविधि दूतावासमार्फत् सार्वजनिक जानकारी गराइएको छ ।’



प्रतिक्रिया दिनुहोस्