Logo

कांग्रेसलाई प्रचण्डको जवाफ: डराएर सदनमा आएन भनेको सुन्दा नमिठो लाग्यो



काठमाडौं,६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू डराएर सदनमा नआएको भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा आफ्नो भारत भ्रमणबारे जवाफ दिँदै प्रचण्डले केही दिन अघि कांग्रेसले सदनमा बोलेका कुराबारे आफू जानकार रहेको बताए । केही दिन अघि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री सदनमा डराएर नआएको टिप्पणी गरेका थिए ।

उनले भने, तर, ‘मलाई एक दुईवटा शब्दले भने छोएको थियो। केही माननीयहरूले किन डराएको प्रधानमन्त्री सदन आउन भन्या जस्तो शब्द पनि प्रयोग गरेको मैले सुनेँ। कतिपयले यसलाई अन्य रूपमा व्याख्या गरेको सुन्दा नमिठो त लाग्यो तर पनि सदनमा जानकारी लिन खोजी गर्नु स्वभाविक नै ठान्छु। एक छिन अघि त जुन माननीय सदस्यहरूले प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी राख्न खोज्नुभएको थियो अहिले जवाफ दिन उपस्थित हुँदा उहाँहरू नै हुनुहुन्न भन्ने लागेको थियो। अहिले आउनुभएछ।’



प्रतिक्रिया दिनुहोस्