Logo

सांसदहरुले सोधेको प्रश्नमा प्रधानमन्त्रीले दिए जवाफ (पूर्णपाठसहित)



काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारुलगायत आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । आज (बिहीबार) सांसदहरुको प्रश्नमाथि जवाफ दिँदै उनले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेट मार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

साथै, उनले टीकापुर घटनामा दोषी ठहर भएकाहरुलाई कानुनबमोजिम कारबाही हुने पनि बताए । सांसद तेजुलाल चौधरीले टिकापुर घटनामा अहिलेसम्म पनि थारूहरू फरार रहेका र मुद्दा खेपिरहेका छन्, किन ? फरार व्यक्तिहरूलाई कहिलेसम्म उन्मुक्ति दिनुहुन्छ ? भनी सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो। घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरुको हकमा कानुन बमोजिम नै हुने कुरा माननीयज्यूहरुलाई अवगत नै छ। जहाँसम्म कैद माफि मिनाहाको विषय छ त्यस घटनामा कानुन बमोजिको प्रकृया पूरा गरेका केहीले सो सुविधा पाइसक्नु भएको छ भने बाँकीले कानुन बमोजिम तोकिएको प्रक्रिया अनुरुप निरुपण हुने नै छ।’

साथै, सरकारले आवधिक बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रकृयामा सबै जनप्रतिनिधिको अहम भूमिका रहने पनि उनले बताए । सरकारको नीति कार्यक्रम र वार्षिक बजेट निर्माण प्रक्रियाको परम्परागत अभ्यासमा परिवर्तन गर्न आफूले रोष्टममार्फत घोषणा गरेको पनि उनले स्मरण गराए । प्रधानमन्त्री प्रचण्डले संसदको कार्यवाही नियमितरुपमा सुचारु हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा अपेक्षा गरेबमोजिम रुपान्तरण हुन नसकेको बताए ।

सरकारले नीति तथा कार्यक्रममा उल्लेखित विषयहरुलाई सम्बन्धित सबै पक्षसँग गहन छलफल गरी बजेटमा तादाम्यता कायम गरेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्