Logo

एमाले बागमतीको नयाँ नेतृत्वमा ओलीले नरुचाएकादेखि पूर्वराष्ट्रपति भण्डारी निकटसम्म को-को आए ?



काठमाडौं,६ असार । सत्तारुढ नेकपा एमाले बागमती प्रदेशले केन्द्रले दिएको समयसीमा भित्रै सबै जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । ०७८ सालमा नयाँ नेतृत्व चुनेको एमालेल यसपटक साढे २ वर्षमै पुन नयाँ नेतृत्व चयनका लागि जेठ मसान्तसम्मको समय दिएर जिल्ला अधिवेशन गर्न भनेको थियो ।

१३ जिल्ला रहेको बागमती प्रदेश एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादलको निर्वाचन क्षेत्र भएको प्रदेश हो । यसपटक एमालेले बागमतीका अधिकाँश जिल्लामा निर्वाचनमार्फत र केहीमा सर्वसम्मतरुपमा नयाँ नेतृत्व चुनेको छ ।

को-को भए बागमतीमा अध्यक्ष

काठमाडौंमा पुर्वराष्ट्रपति भण्डारीनिकट निरौला

एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला दोहोरिएका छन् । उनी यसअघि पनि अध्यक्ष नै थिए । गत साता सम्पन्न १०औं अधिवेशनबाट प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै निरौलान दोहोरिएका हुन् । उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिवमा उद्धव भण्डारी निर्वाचित भएका छन् । समावेशी कोटा अन्तर्गतको महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचितभएकी थिईन् । काठमाडौं जिल्ला कमिटी २२५ सदस्यीय रहेको र सोमध्ये १३० पदमा निर्विरोध र ९५ पदका लागि निर्वाचन भएको हो ।

निरौला पार्टीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । पराजित देउलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको मौन समर्थन रहेको एमालेका नेताहरु बताउँछन् । यद्यपी यसपटक ओलीले खुलेर कसैको पक्षमा लागेनन् ।

भक्तपुरमा भत्कियो महेश बस्नेतको गढ

भक्तपुरमा १ दशकदेखि एकछत्र राज गर्दै आएका पोलिटब्यूरो सदस्य महेश बस्नेतले समर्थन गरेका उम्मेदवारलाई हराउँदै एमाले भक्तपुरामा बचन देउजा चुनिएका छन् । यसअघि पनि जिल्ला अध्यक्ष रहेका देउजाले दुई सय ९० मत प्राप्त गरे । उनका प्रत्यासी मोहनवीर श्रेष्ठले दुई सय एक मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा किरण श्रेष्ठ चुनिए । उनी बागमती प्रदेश सभाका सदस्यसमेत हुन् । सचिवमा विष्णु तामाङ, उपसचिवद्धयमा सानुकाजी कायस्थ र उत्तरा नेपाल निर्वाचित भए । अध्यक्षमा निर्वाचित देउजा एमाले उपाध्यक्ष विष्णु पौडेलनिकट हुन् ।

नुवाकोटमा पुनः मैनाली

एमाले नुवाकोट जिल्ला कमिटीको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन ।नुवाकोट जिल्ला कमिटीको आठौं अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । नेतृत्वका लागि एकभन्दा बढी आकाङ्क्षी देखिएपछि पाँचै जना पदाधिकारीका लागि निर्वाचन भएको थियो । अधिवेशनबाट जिल्ला कमिटीको उपाध्यक्षमा राजेन्द्ररमण खनाल र सचिवमा शिव चित्रकार निर्वाचित भए । उपसचिवद्वयमा राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएका थिए ।

चितवनमा पाठक सर्वसम्मत

एमालेको चितवन अध्यक्षमा कमलराज पाठक चुनिएका छन् । वैशाख अन्तिम साता सम्पन्न जिल्ला अधिवेशनबाट उनी अध्यक्ष चुनिएका हुन् । यसअघि जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने थिए । त्यस्तै उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिवद्वयमा मीनबहादुर परियार र ज्वाला पुरी वन निर्वाचित भएका छन् ।

ललितपुरमा ओलीनिकट आचार्य

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य चयन भएका छन् । निर्वाचन समितीका अनुसार विजयी आचार्यले २२९ प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटम प्रतिश्पर्थी चेतनाथ सञ्जेलले १५४ प्राप्त गरेका । त्यस्तै अर्को प्रतिष्पर्धी दिनेश कार्कीले ८१ मत पाए भने सुर्वण श्रेष्ठले ९ मत पाएकी छिन् ।

त्यसैगरी उपाध्यक्षमा १७३ मत पाएर मञ्जली शाक्य विजयी भएकी छिन् । उनका निकटम प्रतिश्पर्धी हरिगोविन्द श्रेष्ठले ११५ मत पाए । त्यस्तै सचिवमा राम राउतले १७९ मत ल्याएर विजयी भएका छन् । उनका निकतम प्रतिष्पर्धी रत्न महर्जनले ११२ मत पाए ।

उपसचिवमा प्रभाकर थापा १५४ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिष्पर्धी श्याम बजगाईले ९९ मत पाएका थिए । त्यसैगरी महिला उपसचिवमा आशा राई विजयी भईन् ।

विवादै विवादकाबीच धादिङमा ओलीले नरुचाएका त्रिपाठी

निक्कै लनमो विवादका बीच धादिङमा एमालेले भूमिप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । पार्टी हेडक्वाटरले रुचाएका डा रामकुमार अधिकारीलाई भारी मतले हराउँदै त्रिपाठी दोहोरिएका हुन् । उनलाई अध्यक्ष बन्नबाट रोक्न प्रदेश अध्यक्ष कैलाश ढुंगेलदेखि महासचिव शंकर पोखरेलसम्म लागेका थिए ।

बन्दसत्रको दिन नेताहरुबीच कुटाकुट भएपछि स्थगित भएका अधिवेशन डेढ महिनापछि धकेलिएको थियो । डेढमहिना पछि भएको निर्वाचनबाट अधिकारीलाई हराउँदै त्रिपाठी चुनिएका हुन् । उनले ३०९ मत पाउँदा पराजित अधिकारी २३८ मतमा रोकिए । त्यस्तै उपाध्यक्षमा अर्जुनकुमरा श्रेष्ठ, सचिवमा राधिका सापकोटा र उपसचिवद्धयमा भक्त लामा चुनिए ।

रामेछापमा कडरिया सर्वसम्मत

एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया सर्वसम्मत भएका छन् । यसअघि सचिव रहेका उनी यसपटक अध्यक्ष बनेका हुन् । प्रदेश अध्यक्ष ढुंगेलको गृह जिल्लासमेत रहेको रामेछापमा कडरियाको नेतृत्वमा नयाँ कमिटी बनेको हो ।

त्यस्तै सचिवमा प्रकाश कुमारी कार्की सर्वसम्मत रूपमा निर्वाचित हुँदा उपाध्यक्षमा होतराज ढकाल, उपसचिव खुल्लामा मिलनकुमार घिसिङ र महिला उपसचिवमा मखमली श्रेष्ठ निर्वाचित भएका थिए । त्यसैगरी लेखा कमिटी अध्यक्षमा रामप्रसाद देवकोटा, उपाध्यक्ष तेजबहादुर बोहरा र सचिवमा तिलक कार्की पनि सर्वसम्मत निर्वाचित भएका थिए ।

रसुवामा पनि ढकाल सर्वसम्मत

एमाले रसुवाले पनि सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको छ । जनार्दन ढकालको नेतृत्वमा एमाले रसुवाले नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष ओलीले उद्घाटन गरेको जिल्ला अधिवेशनले उपाध्यक्षमा कैसंग नुर्बु तामाङ, सचिवमा पेम्बा छिरिङ तामाङ र उपसचिवद्वयमा चमेली गुरुङ र सुखबहादुर लामा तामाङलाई चयन गरेको छ । त्यसैगरी, लेखा कमिटी अध्यक्ष गोविन्द घिमिरे चयन भएको एमालेले जनाएको छ ।

काभ्रेमा गोकुलको शक्ति कायमै

एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् । गत साता भएको जिल्ला अधिवेशनबाट भुर्तेलको अध्यक्षतामा जिल्ला कमिटी चयन भएको हो । भुर्तेलले चन्द्र लामालाई भारी मतले हराउँदै अध्यक्ष चयन भएका हुन् । यसअघि भुर्तेल सचिव र लामा जिल्ला उपाध्यक्ष थिए ।

विद्युतिय मतदानबाट भएको चुनावमा भुर्तेलले ३८० र लामाले २९९ मत पाएका थिए । लामा यसअघि प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेस उम्मेदवार तिर्थ लामासँग ३ मतले पराजित भएका थिए । त्यसैगरि उपाध्यक्षमा देवसागर लामा सचिवमा राजकुमार सापकोटा, र उपसचिवद्धयमा रत्नकुंश रञ्जित र सूर्यकुमारी दनुवार निर्वाचित भए । उनीहरु सबै भुर्तेल प्यानका हुन् ।

भुर्तेललाई संघीय सांसद गोकुल बास्कोटा र निवर्तमान अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यन्जुको समर्थन थियो । पोलिटब्यूरो सदस्य बास्कोटाको गृह जिल्ला काभ्रेमा उनी बलियो रहेको यस अधिवेशनले प्रष्ट भएको छ । पराजित लामालाई अप्रत्यक्ष रुपमा अध्यक्ष ओलीको साथ रहेको बालकोट स्रोत बताउँछ ।

एकीकृत समाजवादी त्यागेका पोखरेल मकवानपुरको अध्यक्ष

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् । अध्यक्षका प्रत्याशी इन्द्रमान स्याङ्तानलाई हराउँदै उनी चयन भएका हुन् । पोखरेल ३१३ मतसहित विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवारहरु इन्द्रमान स्याङ्तानले २६२ मत र लाल बहादुर थापाले १६६ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ ।

उनलाई बागमती प्रदेश कमिटीको अध्यक्षमा पराजित भएका कृष्ण दाहालले समर्थन गरेका थिए।

स्याङ्तानलाई निवर्तमान जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, डोरमणि पौडेलका साथै जिल्ला पार्टी इन्चार्ज देवी ज्ञवालीको पनि समर्थन थियो।

अध्यक्षमा चुनिएका पोखरेल गत वर्षको स्थानय तहको निर्वाचनताका एकीकृत समाजवादी त्यागेर एमाले प्रवेश गरेका थिए । एकीकृत समाजवादी जिल्ला अध्यक्ष भएका पोखरेल एमालेमा फर्किएर पुनः जिल्ला अध्यक्ष नै बन्न सफल भएका छन् ।

उपाध्यक्षमा हिदम लामा विजयी भए । लामाले ४७६ मत प्राप्त गर्दा प्रत्यासी सुनिल मोक्तानले १९७ मत प्राप्त गरे । त्यस्तै सचिवमा सीता विष्ट विजयी भइन् । विष्टले २९७ मत प्राप्त गर्दा मदन दाहालले २५५ मत प्राप्त गरे ।

उपसचिव खुल्लामा फुर्वादोर्जे लामा विजयी भए । लामाले २४१ मत प्राप्त गर्दा दिपक खड्काले १६७ मत प्राप्त गरे ।

उपसचिव महिलामा आरती पाठक विजयी भइन् । पाठकले २४१ मत प्राप्त गरिन् । पार्वती रानाले १७२ मत ल्याइन् ।

दोलखामा श्रेष्ठ निर्वाचित

एमोल दोहलाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । फागुनमा सम्पन्न जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । निर्वाचित श्रेष्ठले इश्वरचन्द्र पोखरेललाई ९५ मतले हराउँदै अध्यक्ष बनेका हुन् । श्रेष्ठले ३ सय ३३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले २ सय ३८ मत प्राप्त गरे । उपाध्यक्षमा हिराकुमार थोकरलाई ६९ मतले पराजित गर्दै राजेन्द्र मानन्धर विजयी भएका छन् । मानन्धरले ३ सय ३६ मत प्राप्त गरे भने थोकरले २ सय ६७ मत ल्याए ।

त्यस्तै सचिवमा सोयमबहादुर खड्का, उपसचिवद्धयमा कृष्ण ओली र कमला बस्नेत निर्वाचित भएका छन् । उनीहरु सबै एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् ।

सिन्धुपाल्चोकमा श्रेष्ठ

सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ चयन भएका छन् । गाउँपालिका महासंघका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले अध्यक्षका प्रत्याशी कमल नेपाललाई १४ मतले पराजित गरे । जुगल गाउँपालिकाका पूर्व अध्यक्ष रहेका श्रेष्ठ पनि उपाध्यक्ष पौडेलनिकट हुन् ।

श्रेष्ठले ३ सय ३३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले २ सय ३८ मत प्राप्त गरे । उपाध्यक्षमा हिराकुमार थोकरलाई ६९ मतले पराजित गर्दै राजेन्द्र मानन्धर विजयी भएका छन् । मानन्धरले ३ सय ३६ मत प्राप्त गरे भने थोकरले २ सय ६७ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा अर्जुन भण्डारी, सचिवमा कृष्णगोपाल तामाङ, उपसचिवद्धयमा शिवहरि सापकोटा र सुशिला पाख्रीन निर्वाचित भएकी थिईन् । प्यानल नै बनाएर उम्मेदवार दिएकोमा सिन्धुमा भने मिश्रित नतिजा आएको थियो ।

सिन्धुलीमा पनि श्रेष्ठ

एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्वाचित भए । बैशाख पहिलो साता सम्पन्न जिल्ला अध्यक्षबाट श्रेष्ठ अध्यक्ष चुनिएका हुन् । वर्तमान अध्यक्ष कुमार (रामकुमार) कार्कीलाई हराउँदै महेन्द्रदेव निर्वाचित भएका हुन् । श्रेष्ठले ४१३ मत ल्याउँदा कार्की ३०४ मतमा रोकिए । त्यस्तै उपाध्यक्षमा कर्ण घिसिङ, सचिवमा नवराज थिङ र उपसचिवद्धयमा दीपेश बराल र पार्वती भट्टराई चुनिए । पार्वतीले सर्वाचित ४८४ मत ल्याउँदै उपसचिव जितेकी हुन् ।

बागमतीका १३ जिल्लाको नेततृव चयन हुँदा नेताहरु उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुटमा विभाजीत भएका छन् । पार्टी अध्यक्ष ओलीसँग रहेका पोखरेल र पौडेलको नाममा गुटगट राजनीति गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्