Logo

आईटीआर्मीको वैदेशिक रोजगार विभाग घेराउ आन्दोलन पाँचौं दिन पनि जारी



काठमाडौं, ६ असार । आम जनता पार्टी (आजपा) को भातृ संगठन आइटीआर्मीले पाँचौं दिन पनि वैदेशिक रोजगार विभाग घेराउ र प्रदर्शन जारी राखेको छ । आईटीआर्मीले विदेश पठाउने नाममा हुनेगरेका ठगी रोक्न आन्दोलन गर्नुपरेको बताएको छ ।

विदेश जाने युवाहरुसँग विनारसिद लिएको अवैध रकम फिर्ता गर्नुपर्ने र ठगमिा संलग्नहरुलाई कारवाही गर्न आईटीआर्मीले माग गर्दै आएको छ । बेरोजगारको खुलेआम व्यापार भईरहेको र ठगहरुको अगाडि सरकार लाचार भएको उनीहरुको निश्कर्ष छ ।



प्रतिक्रिया दिनुहोस्