Logo

शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगोमा पुर्‍याउनु मुलुकको लागि हितकर छ: कानूनमन्त्री गिरी



काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले शान्ति प्रकृयाका बाँकी काम जतिसक्दो छिटो टुंगोमा पुर्याउनुपनेृ बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गिरीले टीआरसीको काम टुंग्याउनु मुलुकको हितमा हुने बताए ।

उनले भने, ‘शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगोमा पुर्‍याउनु मुलुकको लागि हितकर छ । देशको हितमा छ । पीडितहरुको हितमा पनि यही हुन्छ ।’

मन्त्री गिरीले यी कामहरु टुंगोमा पुर्याउन सबै राजनीतिक दलहरुले साथ दिनुपर्ने बताएका छन् । ‘संसदको समितिमा विधेयक छलफलमा छ । यसलाइ छिटो टुंग्याउन सबैले योगदान गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्