Logo

कांग्रेसलाई अन्तरघातको रोगबाट मुक्त गाउनुपर्छः सभापति देउवा



काठमाडौं, ६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघातको रोग कायमै रहेको बताएका छन् । आज (बिहीबार) नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई अन्तरघातको रोगबाट मुक्त गराउनुपर्ने बताए ।

उनले पार्टीलाई अन्तरघातको रोगबाट मुक्त गराएमात्रै महिलाहरुले अझ बढी अवसर पाउने बताए । ‘हाम्रो पार्टीमा अन्तरघातको रोग छ, यसबाट मुक्त गाउन सके महिलाहरुलाई अझ बढी मौका मिल्ने छ,’– उनले भने ।

अहिले संसारभरी नै महिलाहरुको अधिकार र समावेशीकरणका लागि आवाज उठिरहेको उनले बताए । नेपालमा पनि विद्यादेवी भण्डारी राष्ट्रपतिसम्म बनेको बताउँदै उनले भोलिका दिनमा पनि महिलाहरुलाई राज्यले अवसर दिने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्